Logo

२०८३, श्रावण ३०गते


images
images

काबुलस्थित सिख मन्दिरमा आक्रमण, एक दर्शनार्थी र सुरक्षाकर्मी सहित सबै आक्रमणकारीको मृत्यु

काबुलस्थित सिख मन्दिरमा आक्रमण, एक दर्शनार्थी र सुरक्षाकर्मी सहित सबै आक्रमणकारीको मृत्यु

images
  • काबुलस्थित सिख मन्दिरमा आक्रमण, एक दर्शनार्थी र सुरक्षाकर्मी सहित सबै आक्रमणकारीको मृत्यु
    images
    images

    काबुल । काबुलस्थित एउटा सिख मन्दिरमा आक्रमण हुँदा एक दर्शनार्थी र एक तालिबान सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त घटनामा आक्रमणकारीहरूको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    आक्रमणकारीहरू को हुन् त्यो खुल्न बाँकी नै छ।

    images
    images
    images

    शनिवार बिहानै आक्रमण हुँदा करत-ए-परवान गुरुद्वारामा ३० जनाजति मानिस भएको उक्त धार्मिक स्थलका एक अधिकारीले बताएका थिए।

    images
    images
    images

    काबुल प्रहरीका प्रवक्ता खालिद जदरानका अनुसार आक्रमण गर्न आएका सबै जना कारबाहीका क्रममा मारिएका छन्।

    यसअघि तालिबान नेतृत्वको सरकारको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टकूरले बीबीसीलाई गुरुद्वाराबाहिर केही विस्फोटन भएका र त्यसपछि केही सशस्त्र व्यक्ति गुरुद्वारा परिसरभित्र छिरेको बताएका थिए।

    आक्रमणका बेला गुरुद्वाराभित्र भएका मानिसको अवस्थाबारे सर्वत्र चिन्ता व्यक्त भएको थियो।

    "कति जना जीवित छन् वा कति जनाको मृत्यु भयो भन्ने हामीलाई थाहा छैन," सिंहले समाचारसंस्था रोएटर्सलाई भनेका थिए।

    उनका अनुसार तालिबानले कसैलाई भित्र जान दिएको थिएन।

    स्थानीय टेलिभिजन टोलोले विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको थियो।

    अहिले घटना भएको गुरुद्वारा काबुलमा बाँकी भएको अन्तिम सिख मन्दिर हो।

    सिख समुदायका नेताहरूका अनुसार अहिले अफगानिस्तानमा सिख धर्मावालम्बीको सङ्ख्या १४० जति छ।

    सन् १९७० को दशकमा अफगानिस्तानमा सिखको जनसङ्ख्या एक लाखजति थियो। - बिबिसीबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।