एजेन्सी । अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने भएको छ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको तीन साता पछि नयाँ सरकार गठन हुन लागेको हो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदका अनुसार नयाँ सरकार गठनको घोषणा आज शनिबार गरिनेछ ।
यद्यपि शुक्रबार सरकार घोषणा गर्ने तयारी गरिए पनि तालिबानका शीर्ष नेताले शुक्रबारको सरकार घोषणा कार्यक्रमलाइ स्थगन गरेर शनिबारको लागि तय गरिएको बताइएको छ ।
अमेरिकी सेना आफ्नो २० वर्ष लामो अफगानिस्तान मिसन समाप्त पार्दै अमेरिका फर्किएको छ । अमेरिकी सेना फर्किन थालेपछि अफगानिस्तानमा तालिबानले कब्जा जमाएको हो । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा फर्किएपछि तालिबानले सरकार बनाउने तयारी तिब्र पारेको हो । काबुलस्थित राष्ट्रपति भवनमा भव्य समारोहको तयारी भइरहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology