Logo

२०८३, श्रावण ३०गते


images
images

काबुलको कथा

अमेरिकी र युरोपियन राजदुत काबुल छोडेर भागे, चिनियाँ र रुसी दूतावास खुल्ला 

अमेरिकी र युरोपियन राजदुत काबुल छोडेर भागे, चिनियाँ र रुसी दूतावास खुल्ला 

images
  • सेतोमसी सहकर्मी
  • अमेरिकी र युरोपियन राजदुत काबुल छोडेर भागे, चिनियाँ र रुसी दूतावास खुल्ला 
    फोटो: बिबिसी
    images
    images

    काठमाडौँ । तालिवान समूहले काबुल कब्जा गरेपछि अमेरिका र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द भएका छन् । अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारीहरुलाई उद्धार अमेरिकाले गरेर अन्यत्र लगेको छ । अमेरिकी आधिकारीहरुलाई काबुलबाट सुरक्षित स्थानमा लगिएको छ । 

    images
    images
    images

    आफ्ना नागरिक तथा कर्मचारीहरुको उद्धारका लागि भनेर अमेरिकी सेनाले काबुल विमानस्थल पूर्णरुपमा नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    काबुलमा रहेका अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द गरिएपनि चीन र रुसले भने खुला गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीन र रुसको दूतावास बन्द गर्ने कुनै योजना नरहेको बताएका छन् । 

    images
    images
    images

    चीनले आफ्ना नागरिक तथा दूतावासका अधिकारीहरुलाई 'भित्रै बस्‍न' र अलर्टमा रहन भनेको बीबीसीले जनाएको छ । रुसी विदेश मन्त्रालयले पनि दूतावास खाली गराउने सम्बन्धमा कुनै योजना नरहेको आइतबार बताएको थियो । 

    गत जुलाईमा तालिवान समूहका प्रतिनिधि चीन भ्रमणमा गएका थिए । चीन भ्रमणका क्रममा तालिवानका नेता अब्दुल घानी बारदारले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । उक्त भेटमा चीनले अफगानिस्तानको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काबुल
  • # अफगानिस्तान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।