Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्र उडान गर्न निर्देशन

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्र उडान गर्न निर्देशन

images
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्र उडान गर्न निर्देशन
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अब सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    images
    images
    images

    आफ्नै ढंगले हेलिकप्टर उडाउँदा प्रभावित क्षेत्रमा हवाई चाप बढेर दुर्घटनाको जोखिम हुने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउनुपर्नेछ ।

    images
    images
    images

    नेपाली सेनाको हेलिकप्टर आवश्यक परे सम्बन्धित जिल्लामा रहेका नेपाली सेनाका टोलीसँग समन्वय गर्नुपर्नेछ । निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल हेलिकप्टरको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेस्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ ।

    प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर उडान गर्दा हुन सक्ने सम्भावित दुर्घटना तथा अन्य प्राविधिक समस्यालाई ध्यानमा राख्दै उडानलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।