Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप

भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप

images
  • भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
    images
    images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा थप तीन दिनका लागि विस्तार गरेको छ ।

    images
    images
    images

    यसअघि दुई दिनका लागि उपलब्ध गराइएको उक्त सुविधा अब भदौ १२, १३ र १४ गतेसम्म निरन्तर रहने नेपाल टेलिकमले जनाएको छ । सेवाअन्तर्गत दुई दिन निःशुल्क भ्वाइस कल तथा प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराइनेछ ।

    images
    images
    images

    बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ ।

    images
    images
    images

    भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जानसमेत टेलिकमले एसएमएसमार्फत आग्रह गरेको थियो ।

    बाढीका कारण आफ्ना विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ ।

    विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकता दिइएको टेलिकमको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।