Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार

रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार

images
  • रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
    images
    images

    काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि पर्यटक तथा यात्रुको अवस्थाबारे खोजी र उद्धार कार्य तीव्र पारिएको छ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन वोर्डले जानकारी दिएको छ । 

    images
    images
    images

    जसमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाका तथा अमेरिका र इटालीका २-२ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै उद्धार गरिएका ८ जना विदेशी नागरिकको राष्ट्रियता नखुलेको बोर्डले जनाएको छ । बोर्डले अहिलेसम्म सो क्षेत्रमा नेपालीसहित ६४४ जना सम्पर्कविहीन रहेको यस अघि जानकारी दिएको थियो ।

    images
    images
    images

    बाढीबाट प्रभावित क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले पर्यटक तथा यात्रुको अवस्था यकिन गर्ने काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका वा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक तथा यात्रुको अवस्था पत्ता लगाउने र सुरक्षित स्थानमा पुर्‍याउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार र सुरक्षित स्थानान्तरणका लागि पनि सबै प्रयास जारी रहेको बोर्डको भनाइ छ ।

    बाढीबाट प्रभावित क्षेत्रमा रहेका अन्य पर्यटक तथा यात्रुको अवस्थाबारे पनि सम्बन्धित निकायले खोजी तथा समन्वय गरिरहेको बोर्डले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।