Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

बाढीप्रभावितका लागि राहत दिन चाहनेले काठमाडौँमा जिल्ला प्रशासनमा सम्पर्क गर्नुपर्ने

बाढीप्रभावितका लागि राहत दिन चाहनेले काठमाडौँमा जिल्ला प्रशासनमा सम्पर्क गर्नुपर्ने

images
  • बाढीप्रभावितका लागि राहत दिन चाहनेले काठमाडौँमा जिल्ला प्रशासनमा सम्पर्क गर्नुपर्ने
    images
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न इच्छुक व्यक्ति, संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई आग्रह गरेको छ ।

    images
    images
    images

    कार्यालयले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री संकलन गरी उपलब्ध गराउन सकिने जनाएको छ ।

    images
    images
    images

    काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा पीडितसमक्ष पुर्‍याइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिनेछ ।

    नगद सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा वा उपलब्ध गराइएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न कार्यालयले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।