गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकामा चट्याङबाट गम्भीर घाइते १८ की करिश्मा गाहाको मृत्यु भएको छ ।
स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको मृत्यू भएको हो ।
मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटमा आज एकाबिहानै अन्दाजी ५:३० वजेको समयमा चट्यांङ परेको थियो ।
उजुर वहादुरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहाको परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय अगुवा युवा विमल छन्तेलले जानकारी गराउनु भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology