Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ४९ वडा प्रभावित

भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ४९ वडा प्रभावित

images
  • भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ४९ वडा प्रभावित
    images
    images

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको विनाशकारी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका ४९ वडा प्रभावित भएको जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपालीको हवाई उद्धार भइसकेको छ । अझै पनि जोखिममा रहेका तथा सुरक्षित स्थानमा रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले अत्यावश्यक खोज, उद्धार र राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ । अन्य प्रयोजनका लागि भने उपलब्ध वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    images
    images
    images

    प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्रभावित स्थानीय तह र वडा यसप्रकार छन् ।

    images
    images
    images

    रसुवा

    उत्तरगया गाउँपालिका - वडा नं. १, २, ३, ४ र ५

    गोसाइँकुण्ड गाउँपालिका - वडा नं. २, ५, १ र ३

    आमाछोदिङ्मो गाउँपालिका - वडा नं. १

    कालिका गाउँपालिका - वडा नं. १

    नुवाकोट

    तारकेश्वर गाउँपालिका - वडा नं. ४ र २

    किस्पाङ गाउँपालिका - वडा नं. ५

    विदुर नगरपालिका - वडा नं. १, ४, ५, ९ र १०

    बेलकोटगढी नगरपालिका - वडा नं. ५, ७ र ८

    धादिङ

    गल्छी गाउँपालिका - वडा नं. ६, ४, ८, १ र २

    गजुरी गाउँपालिका - वडा नं. १, २, ५ र ६

    बेनीघाट रोराङ गाउँपालिका - वडा नं. ३, ५, ७, ९ र १०

    सिद्धलेक गाउँपालिका - वडा नं. ३, ४, ६ र ७

    गोरखा

    गण्डकी गाउँपालिका - वडा नं. १, २, ६, ७ र ८

    तनहुँ

    देवघाट गाउँपालिका - वडा नं. ४ र ५

    आँबुखैरेनी गाउँपालिका - वडा नं. ४ र ५

    प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सीमित हवाई साधनको प्रभावकारी प्रयोग गर्न र सम्भव भएका स्थानमा सडकमार्गबाट आवतजावत गर्न आग्रह गरेको छ । यसैबीच, धादिङतर्फ जाने वैकल्पिक मार्गका रूपमा धादिङबेँसी-परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार हुँदै मलेखु तथा पृथ्वी राजमार्गतर्फ जान सकिने जनाएको छ ।

    रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा बिदुर-ढिकुरे-चौघडा-आप्र-नर्जे-ल्याङ-समरमथली-पाटीभञ्ज्याङ हुँदै बोगटीटार तथा पासाङ ल्हामु राजमार्गबाट कालिकास्थान-धुन्चे जाने बाटो प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।