Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी प्रभावितका लागि देवदह नगरपालिकाको ४० लाख ४७ हजार सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि देवदह नगरपालिकाको ४० लाख ४७ हजार सहयोग

images
  • भोटेकोशी बाढी प्रभावितका लागि देवदह नगरपालिकाको ४० लाख ४७ हजार सहयोग
    images
    images

    रुपन्देही । देवदह नगरपालिकाले भोटेकोशी बाढी प्रभावितलाई राहत स्वरुप ४० लाख ४७ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ । भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देवदह नगरपालिकाले बाढीपीडितको राहत, उद्धार तथा पुनःनिर्माणका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    सोमबार बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको समेत योगदान रहनेछ ।

    images
    images
    images

    नगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै, जनप्रतिनिधिबाट १० दिन बराबरको सेवा सुविधा, अधिकृतस्तरका कर्मचारी तथा सम्बन्धित शिक्षकहरूबाट ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा शिक्षकहरूबाट ५ दिन बराबरको तलब र श्रेणीविहीन कर्मचारी, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताबाट २ दिन बराबरको तलब योगदान गरिनेछ ।

    images
    images
    images

    नगरले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

    प्राकृतिक विपत्तिको वर्तमान अवस्थामा विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गर्न नगरपालिकाले सम्पूर्ण नगरवासीलाई अपिल गर्दै बाढी प्रभावित क्षेत्रमा परी सम्पर्कविहीन भएका परिवारलाई नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।