Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी प्रभावितलाई देवदहका सुनचाँदी व्यवसायीको १ लाख ११ हजार सहयोग

भोटेकोशी बाढी प्रभावितलाई देवदहका सुनचाँदी व्यवसायीको १ लाख ११ हजार सहयोग

images
  • भोटेकोशी बाढी प्रभावितलाई देवदहका सुनचाँदी व्यवसायीको १ लाख ११ हजार सहयोग
    images
    images

    देवदह । देवदह सुनचाँदी व्यवसायी संघ र देवदह सुनचाँदी व्यवसायी महिला संघले भोटेकोशी बाढी प्रभावितलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

    images
    images
    images

    देवदहका विभिन्न सुनचाँदी व्यवसायी तथा महिला व्यवसायीहरुबाट संकलन भएको कुल १ लाख ३२ हजार ७ सय १३ रुपैयाँमध्ये १ लाख ११ हजार १ सय ११ रुपैयाँ सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको संघका अध्यक्ष इन्द्रबहादुर सुनारले जानकारी दिए ।

    images
    images
    images

    संकलित रकममध्य बाँकी २१ हजार ६ सय २ रुपैयाँ रुपन्देही सुनचाँदी व्यवसायी संघलाई पठाइएको छ । उक्त रकम जिल्लाका अन्य सुनचाँदी व्यवसायी संघबाट संकलित रकमसँग एकमुष्ट गरी बाढी प्रभावितका लागि राहतस्वरूप पठाइने अध्यक्ष सुनारले सेतोमसीलाई बताए ।

    images
    images
    images

    संघले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख समेत व्यक्त गरेको छ । संघको सोमबार बसेको बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ ।

    बाढीका कारण विस्थापित तथा प्रभावित परिवारको शीघ्र खोज, उद्धार र सुरक्षित पुनस्र्थापनाको काम सफल होस् भन्ने कामना गर्दै संघले विपत्तिको यस घडीमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।