कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका ३ फल्लेखर्कका कृष्ण राज ज्ञवाली भन्दै हुनुहुन्थ्यो लौन मिडिया चुप लाग्न भएन याे कुरा सम्बन्धित निकायलाइ सुनाइ दिन पर्याे बारीकाे मकै त लपक्कै गवाराले खायाे ।
पाेहाेर पनि यस्तै भयाे अहिले पनि त्यस्तै छ । राज्यले हाम्राे कुरा सुनेन मिडिया मार्फत सुनाम कि भनेर ।
कृष्ण राज ज्ञवाली जस्ता धेरै किसानले यतिबेला गवाराे नियन्त्रण का लागि राज्य सँग गुहार मागि रहेका छन ।
यसरीनै रुरुक्षेत्र गाउँपालिका वडा न ३ कै विष्णु ज्ञवालीकाे मन पनि बारितिर मकैकाे अवस्थाले पाेलेकाे छ ।
हुनपनि गएकाे वर्ष यसै गरि कतै फौजि किराले त कतै गवाराेले मकैमा अाक्रमण गरेपछि याे क्षेत्रका किसान हरुकाे मकै पचास प्रतिशत मात्र फल्याे र याे वर्ष पनि मकैमा गवाराे लागेर बिछट्टै छ ।
रुरुक्षेत्र १ का दिनानाथ ज्ञवालीले मकैकाे फेद चापेर गवाराे मार्ने तयारी गर्दै हुनुहुन्छ तर यसरी के साध्य लाग्छर ? खाेइ कहाँ भन्ने कसले सुन्छ र किसानका पीडा ज्ञवालीकाे गुनासाे छ ।
यसरी नै गवाराे लागेपछि पाेहाेर साल च्यूरेकि किसान हरुले निजि खर्चमा अौषधि मगाएर मकैमा छरेका हुन ।
जिल्लामा कृषिका निकाए हरु छन ।स्थानिय तहमा कृषि क्षेत्र हेर्ने शाखा छ तर किसान समस्यामा परेकाे बेला ती निकायकाे सकृयता देखिदैन ।
स्थानिय तहमा कृषकका लागि मल बीउ विषादीका लागि भनेर वर्षेनी बिनियाेजित बजेट यसरी पिडामा परेका किसानका खेत बारिमा पुग्छ कि बर्सेनि फ्रिज हुन्छ किसानलाई थाहा हुँदैन ।
किसान चिच्याइ रहन्छन राज्यका निकायहरुले कान थुनेर नसुनेझैँ गर्छन या त पहुँच हुनेहरु कहाँ पुग्छन ।
याे वर्ष फेरी मकैमा गवाराे लागेपछि रुरुक्षेत्रका किसानहरुले सहयाेगकाे गुहार माग्दैछन ।
हेर्न बाँकि छ राज्यका निकाय र स्थानिय तह कति जिम्मेवार बन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology