Logo

२०८३, आश्विन १७गते


images
images

रुरुक्षेत्रको बजेट ५३ करोड ३७ लाख  : प्राथमिकतामा कृषि, पशुपंक्षी र पुर्वाधार  

रुरुक्षेत्रको बजेट ५३ करोड ३७ लाख  : प्राथमिकतामा कृषि, पशुपंक्षी र पुर्वाधार  

images
  • रुरुक्षेत्रको बजेट ५३ करोड ३७ लाख  : प्राथमिकतामा कृषि, पशुपंक्षी र पुर्वाधार  
    images
    images

    माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट शुक्रबार एक औपचारिक कार्यक्रम बिच प्रस्तुत गरेको छ ।  गाउँपालिका उपाध्यक्ष मिना देवि गौतमले बजेट प्रस्तुत गरेकी हुन् । गौतमले सुरुमा चालू आर्थिक वर्ष २०७८/०८९ को आय व्ययको अवस्था र कार्यान्वयनको समिक्षा प्रस्तुत गरेकी थिइन् ।

    images
    images
    images

    चालु आर्थिक वर्ष २०७८/०७९ मा बजेट तयार पार्दासम्म कुल ५८ करोड ४६ लाख ९९ हजार मध्य  चालु खर्च रु. २० करोड ४ लाख ६६ हजार र ७६ पैसा (६०.८१ प्रतिशत ) र पुँजीगत खर्च रु. १२ करोड ५३ लाख ४ हजार ७ सय ८० ( ४९.१९ प्रतिशत ) गरि जम्मा रु.३२ करोड ६७ लाख ७१ हजार ४ सय १९ र ६३ पैसा ( ५५.७५ प्रतिशत )  मात्र खर्च भएको छ। 

    images
    images
    images


    चालु आर्थिक वर्षमा गाउँपालिकाको पुर्वाधार निर्माणको प्रगति संतोषजनक रहेको बताउँदै गौतमले  नयाँ आर्थिक वर्ष ०७९/८० को लागि कुल ५३ करोड  ३७ लाख ७१ हजार बराबरको बजेट प्रस्तुत गरेकी छन् । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रु. २४ करोड ९४ लाख, समपुरक अनुदान रु. ५० लाख, वित्तीय  समानीकरण अनुदान रु. ९ करोड ७२ लाख, विशेष अनुदान रु. १ करोड  र संघीय राजश्व बाँडफाँड बाट प्राप्त हुने रु. ७ करोड  ३३ लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु. ९० लाख, वित्तीय समानीकरण अनुदान रु. ५१ लाख २९ हजार, प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने रु. ६४ लाख २९ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश  सरकार विशेष अनुदान  रु. ६० लाख, चालू आ.व को मौज्दात अनुमान  रु. ४ करोड ५० लाख र आन्तरिक आय अनुमान  रु. १ करोड २२ लाख ४० हजार गरि सो बजेट प्रस्तुत गरिएको हो। 

    images
    images
    images

    गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, खनेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

     


    वडा तहको पुर्वाधार विकास, कृषिमा व्यवसायिकरण, शिक्षा, स्वास्थ्य, खानेपानी  जस्ता मानवविकास सुचाङ्कको विकासका लागि जनसंख्या, क्षेत्रफल र राजश्व परिचालनको अवस्था समेतको आधारमा न्युनतम  रु. ४० लाख २० हजारदेखि अधिक्तम रु. ६१ लाख ५३ हजार सम्म हुने गरि जम्मा रु. ३ करोड वडा तर्फ बिनियोजन गरेको उपाध्यक्ष  गौतमले बताइन् ।

    कृषि तर्फ रुरुक्षेत्र १ रिडिमा निर्माणाधीन कोल्ड्स्टोरको लागि कुल रु. १ करोड ५० लाख, जनशक्ति व्यवस्थापन, पशुपंक्षी बजार प्रबर्द्धनको लागि संकलन केन्द्र निर्माणको लागि रु. ३१ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ आलुबाली पकेट विकास कार्यक्रमको लागि रु. १२ लाख, स्मार्ट कृषि कार्यक्रमको लागि रु. १२ लाख ३६ हजार लगायत औजार एवं प्रविधि, मल, विउ, उपकरण तथा उपचार समेतका लागि कृषि र पशुपालनमा गाउँपालिका र वडामा समेत खर्छ हुनेगरी  गाउँपालिकाले बजेट विनियोजन गरेको उनले बताइन् ।

    गाउँपालिकाले पुर्वाधार विकास तर्फ रु. ५ करोड  १७ लाख विनियोजन गरेको छ, जस अन्तर्गत आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेगरी गाउँपालिकाको प्रशासकीय भवनको लागि रु. ३ करोड ६२ लाख बजेट विनियोजन गरिएको छ। 

     सामाजिक विकास क्षेत्र तर्फ शिक्षा, स्वास्थ्य, संस्कृति, खानेपानी/सरसफाई, लैङ्िगक समानता तथा समावेशीकरण समेतका क्षेत्रलाई ध्यानमा दिई रु. २ करोड ५० लाख विनियोजन गरिएको उपाध्यक्ष गौतमले बताइन् , जसमध्ये सबैभन्दा बढी शिक्षामा रु. १ करोड ३० लाख विनियोजन गरिएको छ।

    विभिन्न प्रकारका मनसुनजन्य विपद, महामारी  जस्ता विपदलाई तत्काल राहत प्रदान गर्न तारजाली खरिद, उद्दार तथा राहतका सामाग्री व्यवस्था गर्त र तत्काल नगद राहत समेत प्रदान गर्नुपर्ने अवस्थाको लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषलाई मजबुत पार्नुपर्ने हुनाले सो को लागि रु. ५० लाख विनियोजन गाउँपालिकाले गरेको गौतमले बताइन् ।

    गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै लैजानको लागि गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुको लागि आवश्यक पर्ने विभिन्न प्रविधिहरुको व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै गौतमले "समृद्द रुरुक्षेत्र खुसी रुरुक्षेत्र बासी" को लक्ष्य हासिल गर्न राष्ट्रसेवकहरुलाई काम प्रति तत्पर र सेवाभाव सहित कार्यसम्पादन गर्न प्रोत्साहनको लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताइन् ।

    आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्य सहित गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई पर्यटन विदा लगायतका कार्यक्रम मार्फत प्रोत्साहन गर्न सुरु तलब स्केल अनुसार १ महिनाको तलव बराबरको रकम उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गाउँपालिकाले गरेको बताउँदै पालिका भित्र करारमा कार्यरत कर्मचारी तथा कार्यालय सहयोगीहरुको हाल खाईपाई आएको तलवमा नेपाल सरकारले वृद्धि गर्ने १५% ले हुने वृद्धि सहित न्युनतम मासिक रु. २० हजार हुने गरि वृद्धि गरेको गौतमले बताइन् ।  कार्यक्रम गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, गाउँ सभाका सदस्य, पार्टीका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।