Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

images
  • रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन
    images
    images

    काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।

    images
    images
    images

    मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्युनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    साथै जलवायु, हिमनदी, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्धबारे अध्ययन गरिने मन्त्रालयले जनाएको छ । समितिले बाढीका तत्कालीन तथा अन्तर्निहित कारण पहिचान गर्नुका साथै जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने पनि वैज्ञानिक रूपमा मूल्याङ्कन गर्नेछ। घटनालाई सामान्य बाढी नभई विभिन्न प्राकृतिक जोखिमको श्रृंखलाका रूपमा अध्ययन गरिने जनाइएको छ ।

    images
    images
    images

    अध्ययनका क्रममा हिमनदी, पहिरो, चट्टानको अस्थिरता, नदीको बहाव, अवसाद तथा पानी र अवसादको मिश्रित बहावलगायत विषयको अध्ययन गरिनेछ। आवश्यकताअनुसार ड्रोन तथा उपग्रहबाट प्राप्त तस्बिरसमेत प्रयोग गरिनेछ ।

    समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भविष्यमा जलविद्युत् तथा अन्य पूर्वाधारलाई यस्ता विपद्बाट जोगाउन पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तय गरिने मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।