Logo

२०८३, आश्विन ९गते


images
images

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो ।

    images
    images
    images

    भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को आवृत्ति र तीव्रताबारे पनि छलफल भएको थियो ।

    images
    images
    images

    नेपाल र भुटान दुवै हिमाली मुलुक भएकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायुजन्य विपद्को सामना गर्न आपसी सहकार्य थप बलियो बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।