Logo

२०८३, श्रावण ३०गते


images
images

भट्टराई र यादव छुट्टिने सहमति, अल्पमतमा रहेका बाबुरामले नयाँ शक्ति व्युँताउलान् ?

भट्टराई र यादव छुट्टिने सहमति, अल्पमतमा रहेका बाबुरामले नयाँ शक्ति व्युँताउलान् ?

images
  • भट्टराई र यादव छुट्टिने सहमति, अल्पमतमा रहेका बाबुरामले नयाँ शक्ति व्युँताउलान् ?
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् ।

    images
    images
    images

    डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।

    images
    images
    images

    उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले बतायो ।

    images
    images
    images

    नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ ।

    आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ होला । नेताहरु छलफल गर्दै हुनुहुन्छ ।’

    बाबुरामले नयाँ दल बनाउँलान या पुरानै नयाँ शक्ति व्युँताउलान् त्यो भने हेर्न वाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।