Logo

२०८३, आश्विन ११गते


images
images

काठमाडौंमा चन्दा माग्न निषेध : असहाय, बिरामी र बेवारिसेलाई महानगरले व्यवस्थान गर्ने

काठमाडौंमा चन्दा माग्न निषेध : असहाय, बिरामी र बेवारिसेलाई महानगरले व्यवस्थान गर्ने

images
  • काठमाडौंमा चन्दा माग्न निषेध : असहाय, बिरामी र बेवारिसेलाई महानगरले व्यवस्थान गर्ने
    प्रतीकात्मक तस्वीर
    images
    images

    काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका  सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा चन्दा (भीक) माग्न निषेध गरेको हो ।

    images
    images
    images

    साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । 

    images
    images
    images

    असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।