Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकामा स्वतन्त्रता दिवस मनाउन निकालिएको परेडमा गोली चल्यो : ६ जनाको मृत्यु, २४ घाइते

अमेरिकामा स्वतन्त्रता दिवस मनाउन निकालिएको परेडमा गोली चल्यो : ६ जनाको मृत्यु, २४ घाइते

images
  • अमेरिकामा स्वतन्त्रता दिवस मनाउन निकालिएको परेडमा गोली चल्यो : ६ जनाको मृत्यु, २४ घाइते
    सांकेतिक तस्विर
    images
    images

    सिकागो :अमेरिकाको सिकागो नजिकैको हाइल्याण्ड पार्कमा सोमबार अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। सो आक्रमणमा २४ जना घाइते भएका छन्। 

    images
    images
    images


    हाईल्याण्ड पार्क प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको बताएका छन्। प्रहरीले एक राइफल समेत बरामद गरेको छ। 

    images
    images
    images

    राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन्। उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनतालाई सहयोग गर्न स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका छन्। राष्ट्रपति बाइडेनले परेड शुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए। उनले अमेरिकामा बन्दुक हिंसा विरुद्धको लडाई जारी राख्ने बताए।   

    images
    images
    images

    हाइल्यान्ड पार्कका प्रहरी प्रमुख लु जोगम्यानले पक्राउ परेका २२ वर्षीय रोबर्ट इक्रिमोको भएको बताए। प्रहरीले आक्रमणकारीको पहिचान कसरी भयो भन्ने कुरा बताउन अस्वीकार गरेको छ। परेड सुरु भएको १० मिनेटमै फायरिङ सुरु भएको थियो। अमेरिकामा गत महिना पनि टेक्सास, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोली चलेको थियो। बीबीसी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।