Logo

२०८३, श्रावण ३०गते


images
images

सार्वजनिक सवारीबाट अश्लिल गाली सहितका 'गजल र सायरी' हटाउँदै ट्राफिक प्रहरी  

सार्वजनिक सवारीबाट अश्लिल गाली सहितका 'गजल र सायरी' हटाउँदै ट्राफिक प्रहरी  

images
  • सार्वजनिक सवारीबाट अश्लिल गाली सहितका 'गजल र सायरी' हटाउँदै ट्राफिक प्रहरी  
    images
    images

    काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ ।  सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो ।  

    images
    images
    images

    नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता बाल नरसिंह राणाले जानकारी दिए ।  

    images
    images
    images

    ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका त्यस्ता अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको तथा सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले रोक्न लागि परेको जनाएको छ । त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । 

    images
    images
    images

    ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।