देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसियसन (इप्सा ) देवदह रुपन्देहीले विद्यालयका चालक तथा सह चालकका लागी रिफ्लेक्सन ज्याकेट वितरण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम सहित एक समारोहका विच इप्साले चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो ।
कार्यक्रममा इप्सामा आवद्ध १७ वटा विद्यालयमा एक सय भन्दा बढि चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेटा वितरण गरिएको इप्साका अध्यक्ष विनोद थापामगरले जानकारी दिए ।
सोही अवससरमा बोल्दै संस्थाका सल्लाहकार रामबहादुर गुरुङले सचेत चालक र सहचालकका कारण दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । विद्यालयका सवारी साधनमा देशका भविष्यहरु सवार हुनेभएकाले पनि उनीहरुलाई शुरक्षित गन्तव्यसम्म लैजानको लागि चालक र सहचालकलाई ट्राफिक सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी गराउँदै देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन बिष्टले दुर्घटना न्यूनिकरणका लागि आम नागरिक सचेत हुनुपर्ने औंल्याए । पछिल्लो समय बुटवल नारायणगढ विस्तारीत सडकका कारण दुर्घटना बढिारहेको भन्दै सडकमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनिकरण हुने बताए ।
इप्साका सचिव कमल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका प्रेम नारायण केवट, राजिब सापकोटा, नवीन पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology