Logo

२०८३, कार्तिक २गते


images
images

पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा

पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा

images
  • पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र इरानमाथि प्रतिबन्ध लगाउने कानुनअन्तर्गत प्रस्तावित प्रतिबन्ध, पाबन्दी तथा भन्सार शुल्क कार्यान्वयनबाट छुट दिने आदेश जारी गरेका छन् । उनको निर्णयले रुसी तेल तथा ग्यास खरिद गर्दै आएका भारत र चीनलाई राहत मिलेको छ ।

    images
    images
    images

    जारी कार्यकारी आदेशमा ट्रम्पले अहिले यस्तो छुट दिनु अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन् । उनले यससम्बन्धी प्रमाणपत्र अमेरिकी संसद्मा पनि बुझाएका छन् । प्रस्तावित प्रतिबन्ध तथा भन्सार शुल्क कार्यान्वयन हुन एक दिनअघि ट्रम्पले यस्तो निर्णय लिएका हुन् ।

    images
    images
    images

    यो निर्णयलाई रुसप्रति ट्रम्पको नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । पछिल्लो समय उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक रूपमा आलोचना गर्दै युक्रेनले नयाँ नेता चयन गर्नुपर्ने सुझावसमेत दिएका थिए ।

    images
    images
    images

    यसअघि गत साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकालाई डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका थिए । उक्त सहमतिअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल पठाउने र त्यसपछि आगामी महिनाहरूमा थप परिमाणमा आपूर्ति गर्ने उल्लेख गरिएको छ ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र रुसबीच भएको डिजेल आपूर्ति सम्झौताको आलोचना गरेका थिए । उनले यसलाई अमेरिकाका साझेदारहरूका लागि अनुचित र कमजोर निर्णय भन्दै रुसले युक्रेनमाथि आक्रमण जारी राखेर आफ्नो कृतज्ञता देखाइरहेको आरोप लगाएका थिए ।

    यसअघि रुसबाट कच्चा तेल खरिद गरेको विषयलाई लिएर भारत र अमेरिकाबीच तनाव बढेको थियो । त्यसबेला ट्रम्पले भारतमाथि रुसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए । उक्त शुल्क पहिलेबाट लागू २५ प्रतिशत प्रतिशोधात्मक शुल्कभन्दा अतिरिक्त थियो ।

    तर, सन् २०२६ को फेब्रुअरीमा अतिरिक्त शुल्क हटाइएको थियो । भारत–अमेरिका व्यापार संरचनाअन्तर्गत प्रतिशोधात्मक शुल्क पनि घटाएर १८ प्रतिशत कायम गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।