काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस र संविधान विरोधी कदम भएको जनाएको छ ।
महासंघले यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम भएको उल्लेख गरेको छ ।
महासंघले भनेको छ- 'महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ ।'
प्रहरीले श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको थियो ।
तर साइबर ब्यूरोले भने दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको वताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology