Logo

२०८३, कार्तिक २गते


images
images

गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली हनुमानढोका पठाइयो

गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली हनुमानढोका पठाइयो

images
  • गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली हनुमानढोका पठाइयो
    images
    images

    काठमाडौ‌ । बडादसैँको सातौँ दिन हरेक वर्षजस्तै यस वर्ष पनि गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका दरबार पठाइएको छ ।

    images
    images
    images

    शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको हो। फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो ।

    images
    images
    images

    बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन गोरखाको कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ। पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन्न किसिमका पात तथा वनस्पतिहरू (केरा, दाडिम, धान, हलेदो, माने, अशोक, बेल र जयन्ती) लाई शास्त्रीय विधिअनुसार फूलपातीका रूपमा तयार पारिन्छ। यसरी तयार पारिएको फूलपातीलाई विशेष बाजागाजा, सलामी र मङ्गलपाठसहित गोरखाबाट काठमाडौँतर्फ पठाउने गरिन्छ।

    images
    images
    images

    गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि हर्षबढाइँका साथ भित्र्याउने परम्परा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।