काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
साइबर ब्युरोमा दुवै जनाबीच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको छ ।
श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तले अर्काको जग्गा कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । सो समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्युरोमा दिएको निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खु, बागडोलस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोमा दुवैबीच समाचारका विषयमा प्रेस काउन्सिलमा छलफल गर्ने सहमति भएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology