काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको छ ।
ललितपुरस्थित उनको निवासबाट प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिएकी छन् ।
श्रेष्ठले पनि घरमै प्रहरीले लिन आएको जानकारी दिए । उनले भनेका छन्- 'भरमार गालीगलौज गर्नेहरु फुक्काफाल । समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरुले घरैमा लिन आउनुभएको छ ।’
जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर हाँस्य कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । रास्वपा नेतृत्वको सरकार आएपछि वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा यस अगाडि पनि श्रेष्ठ पक्राउ परेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology