Logo

२०८३, आश्विन १७गते


images
images

रुरुक्षेत्रमा बृक्षारोपण सम्पन्न, ठुलाे वन महिला सामुदायिक वनले संरक्षण गर्ने  

रुरुक्षेत्रमा बृक्षारोपण सम्पन्न, ठुलाे वन महिला सामुदायिक वनले संरक्षण गर्ने  

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रमा बृक्षारोपण सम्पन्न, ठुलाे वन महिला सामुदायिक वनले संरक्षण गर्ने  
    images
    images

    कृष्ण अन्जान, गुल्मी । तीज आउन बाँकि नै छ तर तिजकाे डाँडामा जाने जस्तै गरि आमा दिदीबहिनी गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको भट्कुवा टाकुराकाे भ्यु पाेईन्टमा जम्मा हुँदै थिए ।

    images
    images
    images

    अपरान्हकाे बाह्र बज्दा नबज्दै त्यहाँ बनाईएकाे मन्चका अगाडी आमा दिदीबहिनीहरुकाे जमघटले डमक्कै ढाक्याे ।
    गाउँका पाका र युवाहरुपनि जम्मा भए । भर्खरै चुनाव जितेका जन प्रतिनिधिहरु, विभिन्न पार्टीका गाउँ तहका नेताहरुपनि टाकुरा भ्युटावरमा देखिए ।

    images
    images
    images

    याे कुनै उत्सव त थिएन । तर उत्सव भन्दा कम थिएन । भट्कुवाकाे ठुलाे वन महिला समुदायिक वन र स्थानीय आमा समुहहरुले रुरु सत्यवति सव बन डिभिजन कार्यालय रिडी र डिभिजन बन कार्यालय तम्घासले आयाेजना गरेकाे बृहत वृक्षारोपण कार्यक्रमकाे समन्वय गर्दै गाउँभरीका आमा दिदीबहिनी, दाजुभाई, जनप्रतिनिधि, सन्चारकर्मी, वन विभागका कर्मचारी सबैलाई एकैठाउँ जम्मा पारेका थिए ।

    images
    images
    images

    बसाईसराईले रित्तिएकाे गाउँका पनि सयौँ बासिन्दालाई गाउँमा एकै पटक देख्न पाउनु पनि सौभाग्य हाे भट्कुवाका युवराज ज्ञवालीले भने ।

    ठुलाे वन महिला सामुदायिक वनकि सचिवले मेलै सित आएका पाहुनालाई आसन ग्रहण गराईन् । कार्यक्रमकाे औपचारिक अध्यक्षता मन्जु ज्ञवालीले गरिन् । कार्यक्रममा राप्रपाका विष्णु न्यौपाने, माओवादीका वामदेव विक, काँग्रेसका अमूल्य श्रेष्ठ र एमालेका माधव ज्ञवाली र हिमाल श्रेष्ठ, वन कार्यालयका अधिकृत नवीन गैरे र वडाध्यक्ष नवराज विकले पालैपालो वृक्षारोपणकाे महत्त्वका कुरा राखे ।

    औपचारिक कार्यक्रम पछि भट्कुवा टाकुरा भ्यु पाेईन्ट क्षेत्रकाे करिब पचास राेपनी जग्गामा गाेलमाेहर र अमलाका एकहजार बिरुवा राेपियाे ।  भ्युपाेईन्ट क्षेत्रमा आमाहरुले हातहातमा बिरुवा लिएर लगाउँदै गरेकाे दृश्य रमाईलाे थियाे ।

    रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष नवराज विक, वडा सदस्य शुसिल श्रेष्ठ, घनस्याम ज्ञवाली, लक्ष्मी सुनार र लक्ष्मी भट्टराईकाे पहलमा बनेको कार्यक्रम थियो ।
    वर्षायाममा नेपालै भरि बृक्षाराेपणकाे सिजन, हरेक वर्ष वृक्षारोपण गरिएपनि संरक्षणकाे अभावमा बिरुवा राेप्नु र नराेप्नुकाे अर्थ हुँदैन । यस अघि पनि टाकुरा भ्यु पाेईन्टमा वृक्षारोपण गरिएपनि संरक्षण नभएकाे गुनासाे सुनियो ।
    वृक्षारोपण मात्र ठुलाे कुरा हाेईन संरक्षण ठुलाे कुरा हाे सबैकाे धारणा यहि थियाे ।

    तर यसपटक भने भट्कुवाकाे ठुलाे वन महिला सामुदायिक वन समितिका आमा दिदीबहिनीले  संरक्षणकाे जिम्मा लिदै गर्दा विरुवा सँरक्षण हुनेमा सबै आशावादी देखिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।