Logo

२०८३, कार्तिक २गते


images
images

युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

images
  • युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी
    images
    images

    काठमाडौँ । भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ । विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिबार यस्तो आदेश दिएको हो ।

    images
    images
    images

    उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमा आफूविरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन् ।

    images
    images
    images

    मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो ।

    images
    images
    images

    यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो । उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए । यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो ।

    उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्‍याउन ढिलाइ हुँदै आएको थियो । उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए । यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ ।

    केहि दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।