कृष्ण अन्जान, गुल्मी । रिडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक शालिकराम थापा आईतवार रुरुक्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवाका समुदायका माझमा सचेतनाका पाठ पढाउँदै थिए ।
स्थानिय ठुलाे वन महिला सामुदायिक वन र भट्कुवाका आमा समुहले आयाेजना गरेकाे भेलामा प्रहरी नायव निरिक्षक थापाले मुख्य रुपले महिला हिँसा, लागू पदार्थ सेवन, यौन दुराचार, घरेलु मदिरा, लगायतका विषयवस्तुमा केन्द्रित रहेर करिब एक घण्टा समुदायसंग छलफलसंगै अन्तरकृयात्मक सचेतना कार्यक्रम प्रहरीले सन्चालन गरिरहेको छ ।
गाउँघरमा हुने गरेका सामाजिक अपराधका घटनाहरु जस्तै महिला हिँसा, सामाजिक कुरिती, लागुऔषध सेवन, घरेलु मदिरा सेवन र यसले निम्त्याउने हिँसा, यौन दुराचार, बलात्कार, चेलिबेटि बेचबिखनलाई निरुत्साहित गर्ने काममा प्रहरी सधै कृयाशिल छ । यसैकाे एउटा कडिकाे रुपमा गाउँमै समुदायमा पुगेर सचेतना जगाउने काम प्रहरीले सन्चालन गरिरहेकाे थापाले जानकारी दिए ।
"समाजमा अनेक घटनाहरु लुकेर रहेका छन र लुकाइएका छन । ज्यादतीमा पर्नेहरुले न्याय पाउनु पर्छ र ज्यादती गर्नेहरु कानुनकाे कठघरामा उभिनुपर्छ भन्ने हाम्रो मान्यता हाे" उनले भने ।
रुरुक्षेत्रकाे भट्कुवामा आयाेजित कार्यक्रममा स्थानिय आमा समूह, सामुदायिक वनका पदाधिकारी, युवा क्लवका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि लगायत जनसमुदायको ठुलाे सहभागिता रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology