गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गुल्मीका विभिन्न स्थानमा हालसम्म सुलभ सञ्चारको पहुँच नभएकोले ती स्थानहरूमा तत्काल नेपाल टेलिकमको बिटिएस टावर जडान गर्न नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कटैया, रुपन्देहीमा पुगि सो कार्यलयका क्षेत्रीय निर्देशक झबिन्द्र लाल उपाध्यायको ध्यानाकर्षण गराएका छन।
उनले निर्देशक झविनद्र लाल उपाध्यालाई रेसुङ्गा नगरपालिकाको वडा नम्बर ५ र ६, इस्मा गाउँपालिकाका अधिकांश वडाहरु,छल्दिपनाहा देखि सिमलटारी बजारसम्म, मुसिकोट नगरपालिकाको भुवाचिदी लगायतका स्थानहरुमा, मालिका गाउँपालिकाको नेटा ,दर्लिङ्ग, छापहिले ,अर्खाबाङ ,सत्यवती गाउँपालिकाको साहाघाट, खैरेनी ,चन्द्रकोट गाउँपालिकाको ग्वाघा लगायत जिल्लाका विभिन्न स्थानमा हालसम्म सुलभ सञ्चारको पहुँच नभएकोले ती स्थानहरूमा तत्काल नेपाल टेलिकमको बिटिएस टावर जडानका साथै तम्घास बजारको सबै क्षेत्र र रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ को उपल्लो तम्घासमा अप्टिकल फाइवर जडानको लागी आग्रह गरेका छन ।
आफुले छिटोभन्दा छिटो जिएसेम प्रबिधिको बिटिएस टावर निर्माण गरि सेवालाई सहज र प्रभावकारी बनाउन तत्काल काम प्रारम्भ गर्ने सैद्धान्तिक सहमति भएको सभापति पन्थीले बताएका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology