Logo

२०८३, आश्विन १७गते


images
images

वडाले नियुक्त गरेका कामदारले बाँदर लखेट्ने थाले

वडाले नियुक्त गरेका कामदारले बाँदर लखेट्ने थाले

images
  • सेतोमसी सहकर्मी
  • वडाले नियुक्त गरेका कामदारले बाँदर लखेट्ने थाले
    images
    images

    कृष्ण अन्जान, गुल्मी । गाउँघरमा बाँदरले हैरान पारेपछि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले बाँदर लखेट्न दैनिक ज्यालादारीमा कामदार नियुक्त गरेकाे छ ।

    images
    images
    images

    बाँदर बारीमा पसेर बिध्वँसै मच्चाउन थालेपछि यहाँका किसानहरुले वडा कार्यालयमै पुगेर समस्या समाधान गरिदिन  आग्रह गरेका थिए ।

    images
    images
    images

    किसानहरुसँग गरिएकाे अन्तरकृया पछि वडा कार्यालयले बाँदर लखेट्न दैनिक ज्यालादारीमा व्यक्ति परिचालन गर्ने निर्णय गरेकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

    images
    images
    images

    किसानहरु समस्या लिएर आए पछि कसरी समस्या समाधान गर्ने भनेर वडामा छलफल गरियाे र यहि छलफल पछि बाँदर लखेट्न दैनिक ज्यालादारीमा मान्छे राख्ने निर्णय गरेपछि हामीले बाँदर लखेट्ने मान्छे परिचालन गरेका छौँ वडाध्यक्ष पौडेलले भने ।

    रुरुक्षेत्र ३ थानपतिमा अहिले चार जना व्यक्ति बाँदर लखेट्ने कामका लागि नियुक्ति भएका छन । 

    गाउँका उपल्लाे भेग पानीटँकि पएग क्षेत्र हेर्नेगरि एक जना यसैगरि बसन्त पाेखरी लाेलेँगखाेला माझगाउँ क्षेत्र, स्यालपाेखरी, खरवारीपाेखरा, गौतमटाेल फेकलदी र चाउके क्षेत्र र झमादी वखलढुँगा क्षेत्र हेर्ने गरि एकएक जना व्यक्ति परिचालित गरिएकाे रुरुक्षेत्र ३ का वडासचिव बालकृष्ण गौतमले जानकारी दिए ।

    दैनिक ५ सयका दरले पाउने गरि नियुक्ति भएका कामदार हरुले साउन र भदौ दुई महिना बाँदर लखेट्ने काम गर्नेछन ।
    वडा कार्यालयले यसरी बाँदर लखेट्ने कामदार नियुक्ति गरेर काममा लगाएपछि किसानहरुलाई राहत भएकाे रुरुक्षेत्र ३ फल्लेखर्कका ज्ञानेश्वर ज्ञवालीले बताए ।

    ठुलाे सँख्यामा आउने बाँदरका हुलहरु लखेट्न एक्लै नसकिने भएकाले यसरी खटिएका व्यक्तिहरुलाई सहयाेग गर्न र बाँदर आएकाे सुचना दिन पनि वडा कार्यालयले अनुराेध गरेकाे छ ।

    अत्यधिक रुपमा घना भएकाे बनक्षेत्र र गाउँबाट मान्छेहरु पलाएन भएपछि घरबारीवरिपरि र खाेल्साखाल्सी पनि अत्यधिक झाडि बनेपछि बाँदरकाे आश्रय स्थल बनेकाे पाईएकाे छ ।

    वडाकार्यालयले  बढेको झाडी फाँडेर बाँदरको आश्रय  स्थल बन्न नदिन समेत समुदायलाई अपिल गरेकाे छ ।
    उँखु लगाएत मकै, तरकारी, फलफुल खेति माथि बाँदरले वर्षैभरी आक्रमण गरेर हैरान पारेपछि याे क्षेत्रका किसानहरु पिडीत बनेका छन ।

    रुरुक्षेत्र वडा न ३ मा बाँदर लखेट्ने कामदार राखेपछि वडा नं. १ च्यूरेकका किसानहरूले पनि बाँदरकाे समस्या समाधान गर्न माग गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।