Logo

२०८३, श्रावण २७गते


images
images

सदरमुकाममै बाँदरको आतंक, हेरालु खटाउन वडाले छुट्यायो बजेट

सदरमुकाममै बाँदरको आतंक, हेरालु खटाउन वडाले छुट्यायो बजेट

images
  • सदरमुकाममै बाँदरको आतंक, हेरालु खटाउन वडाले छुट्यायो बजेट
    images
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा केही दिन यता बाँदरले किसानलाई सताउँन थालेका  छन् । यो सिजनमा मकै हुने भएकोले बाँदर आतंक झन बढदै गएको हो। 

    images
    images
    images

    सदरमुकाम रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास र रेसुङा नगरपालिका वडा नम्बर ७ को भने केही स्थानमा बादरले आतंक फैलाएको होे। बादर दिनहुँ बिहान दिउँसो कृषकको बारिमा पसेर मकै लगायतका बालिमा नोक्सानी पुराउन थालेपछि अहिले यहाका कृषकको दैनिकि नै बादर धपाउने बनेको छ। 

    images
    images
    images

    अन्न बालीलाई जोगाउनको लागि सबैभन्दा मुख्य चुनौती नै बाँदर भएकाले यसको नियन्त्रणको लागि आफुहरुले समिती निर्माण गरेर काम गर्न लाएको बाली संरक्षण समितिका अध्यक्ष गुणानिधी मरासिनीले बताए।

    images
    images
    images

    अहिले मात्र होइन अन्य समयमा पनि केही बर्ष देखि यो क्षेत्रमा बादरले बढी आतंक गर्न लागेको मरासिनीले बताए ।

    बाँदर धपाउन हेरालु 

    यता रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा समिती नै गठन गरि बाँदर धपाउन हेराउलु राखिएको छ। बाली संरक्षण समिति बनाएर बाँदर धपाउन तीन जना हेरालु राखिएको समितिका सचीव चेतनारायण पन्थीले बताए।

    रेसुङा नगरपालिका वडा नम्बर ९ को सबै र ७ को भने केही स्थानमा बादरले आतंक फैलाएको हो । बाँदर धपाउन यहाँका मानिस जुटेर समिति बनाएर अगाडि बढिएको पन्थीले बताए।

    बाँदर नियन्त्रणको लागि वडाबाट बजेट

    यस्तै रेसुङा नगरपालिका वडा नम्बर ९ ले बादर नियन्त्रणको लागि वडाबाट एक लाख बजेट छुट्याएकोे वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए । 

    सबैको गुनासो र माग भै आएपछि  एक लाख बजेट बाली संरक्षण समितिको लागि छुटाइएको वडाध्यक्ष पाण्डेले जानकारी दिए।

    वडाबाट बजेट छुटाइएको र बाँदर धपाउन हेरालु राखपछि पछिल्लो क्रममा यहाका कृषक खुसि छन।
    बादर धपाउनको लागि दुई महिना हेरालु राखिएको छ।

    अहिले यहाँका स्थानीयले हेरालु राखेपछि र बाँदरको हुल आउँदा सबै जुटन थालेपछि बादर आतंक कम हुने बिश्वास  गरेका छन ।

    यता रुरुक्षेत्र गाउँपालिकामा पनि बाँदरले अन्नवालीमा क्षति पुर्याउन थालेपछि वडाले बाँदर धपाउन कर्मचारी नियुक्त गरेको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।