Logo

२०८३, आश्विन १७गते


images
images

रुरुक्षेत्रभित्र खानेपानी महसुलमा एकरुपता ल्याउन गृहकार्य सुरु 

रुरुक्षेत्रभित्र खानेपानी महसुलमा एकरुपता ल्याउन गृहकार्य सुरु 

images
  • रुरुक्षेत्रभित्र खानेपानी महसुलमा एकरुपता ल्याउन गृहकार्य सुरु 
    images
    images

    माधव ज्ञवाली, गुल्मी | रुरुक्षेत्र गाउँपालिकाभित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरुसङ्ग  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै उपभोक्ता समितिका प्रतिनिधिहरुले आफ्ना आफ्ना खानेपानी आयोजनाहरुको सुरुवात देखि हालसम्मको अवस्था, मासिक तथा वार्षिक  आय-व्यय, कर्मचारी, पिउने पानीको अवस्था, पानीको मुलको अवस्था र आयोजनामा प्रयोग गरिने प्रविधी एवं मेसिनरी लगायत आफ्ना समस्याहरुको बारेमा जानकारी गराएका थिए।

    images
    images
    images

    कार्यक्रममा जानकारी गराइए अनुसार गाउँपालिका भित्र संचालित भिन्नाभिन्नै आयोजनाका उपभोक्ताले भिन्नाभिन्नै मासिक महसुस बुझाउने गरेको पाइएको छ, सम्बन्धित स्थानको भुगोल लगायत विभिन्न कारणले तिर्नुपर्ने महसुसलमा  एकरुपता नभएको पाइएको हो।

    images
    images
    images

    कार्यक्रममा उपस्थित लगभग सबै उपभोक्ता समितिहरुको समस्या भने लगभग उस्तै थियो। आफुहरुले पिउने गरेको पानीको शुद्धतामा प्रश्न रहेको लगभग सबैले बताएका थिए । त्यो समस्या विशेष गरि बर्खाको समयमा हुने उपभोक्ता समितिहरुको रहेको थियो।

    धेरै जसो पानीको मुल खोलामा हुने भएकोले मुलको राम्रो सङ्ग संरक्षण हुन नसक्दा बर्खाको बेलामा शुद्ध पानी पिउन नपाउने भएकोले आउँ र ज्वोरो लगायतका स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको उनिहरुले बताए।

    कतिपय खानेपानी आयोजनाहरुको बैंक मौज्दात रहेको, कतिपयको आम्दानी र खर्च  बराबर भएकोले भैपरी आउनसक्ने समस्याको लागि बैंक मौज्दात नरहेको र कतिपय खानेपानी आयोजना त घाटामा संचालन गरिरहेको समस्या पनि कार्यक्रममा उठेको थियो।

    त्यस्तै पाइपलाइन, फिल्टर, पानी फाल्ने मोटर, अन्य उपकरण, दक्ष प्राविधिक लगायत विद्धुत महसुलको विषयमा पनि उपस्थित उपभोक्ता समितिका प्रतिनिधिहरुले समस्या राखेका थिए,धेरैको माग पानीको विद्दुत महसुल गाउँपालिकाले तिरिदियोस भन्ने थियो।

    तर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख आवीत हुसेनले भने यो कुराको खण्डन गरेका छन् । उनले गाउँपालिकाले सो महसुल तिरिदिन नहुने बताए। यदि गाउँपालिकाले तिरिदियो भने त्यस प्रति जनताको लगाव नरहने र दिगो रुपमा स्वच्छ खानेपानी उपलब्ध हुन नसक्ने उनको धारणा छ। जनस्तरबाट केही महसुल उठाउनै पर्ने उनको भनाइ छ, पानीको महसुल तिर्नै नसक्ने कोहि भए उनिहरुको पहिचान गरि छुट दिन सकिने उनको तर्क छ।

    खानेपानी र स्वच्छताको मौलिक हक संविधानमै उल्लेख भएकोले त्यसप्रति वितरकको  ध्यान पुग्नुपर्ने उनले बताए। गाउँपालिका भित्र कसैले खानेपानी सङ्ग संबंधित उपकरण जोड्न नसकेर पानी पिउनबाट बन्चित भएको भए यदि गाउँपालिकाले वास्तविकता पहिचान गरि सिफारिस गरेर पठाए खानेपानीले नि:शुल्क उपलब्ध गराउने पनि उनको भनाइ छ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा उठेका समस्याहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।खानेपानीको क्षेत्रमा  साना साना लापरबाहीले गर्दा ठुला समस्या आउन सक्ने भएकोले साना साना कुरामा ख्याल गरेमा ठुला समस्या न आउने उनको भनाइ छ।

    खानेपानीको कुरामा एकदम चनाखो भएर लाग्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन् । उनले प्रदेश बाट आएका ठुला बजेटलाई बेवास्ता गर्ने तर एक दुई लाखको लागि वडा र गाउँपालिका धाउने समस्या रहेको बताउँदै प्रदेशबाट आउने गरेका बजेटलाई समयमै कार्यान्वयन गर्नेगरी चनाखो भएर  काम गर्नुपर्ने बताए।

    उनले खानेपानी आयोजनाका नियमित अधिवेशन र नियमित  नविकरण गर्न अनुरोध गरेका छन् भने आर्थिक पारदर्शिता सबैभन्दा महत्वपूर्ण रहेकोले आर्थिक पारदर्शितालाई एकदम ख्याल गर्न अनुरोध गरेका छन् । उनले बैंकमा पैसा दाखिला गर्न र बैंकबाटै पैसा खर्च गर्न सबैलाई आग्रह गरेका छन् । बर्षौ देखि यत्तिकै संचालनमा आएका र अधिवेशन नगरेका र समिति नविकरण पनि नगरेका उपभोक्ता समितिलाई यथाशीघ्र भेला गरेर अधिवेशन गर्न उनले गाउँपालिकाको तर्फबाट  निर्देशन समेत दिएका छन् ।

    अध्यक्ष ज्ञवालीले खानेपानीको विषयमा गहन अध्ययन गरेर पालिक भरी नै महसुलमा एकरुपता ल्याउन कार्ययोजना बनाएर अघि बढ्ने बताए। खानेपानी आयोजनाका सबै उपभोक्ता समितिसङ्ग बसेर सबैका सुझाव सल्लाहलाई लिएर यस सम्बन्धि कार्ययोजना बनाउने उनको भनाइ छ।

    लामाखर्क, च्युरेक लगायतका क्षेत्रमा पानीको चरम अभाव रहेको र ती स्थानमा अन्य विकल्प नरहेकोले चालू योजनाहरुलाई समयमै सक्नेगरी प्राथमिकतामा राखेर काम गर्न उनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीलाई अनुरोध गरेका छन् । 

    यसरी खानेपानी उपभोक्ता समिति सङ्ग अन्तरक्रिया कार्यक्रम गरेर नया सुरुवात गरेकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।