Logo

२०८३, श्रावण ३०गते


images
images

अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय

अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय

images
  • अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय
    images
    images

    एजेन्सी । तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरूको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ । यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ ।

    images
    images
    images

    तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन् ।

    images
    images
    images

    तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ ।

    images
    images
    images

    केही मानवअधिकार संगठन र मिडिया रिपोर्टअनुसार तालिबानले सोशल मिडियामा आलोचना गर्ने केही व्यक्तिहरूलाई गिरफ्तार, कैद र यातना दिएको छ । तालिबान नेताको नयाँ निर्देशनमा त्यस्ता कार्यहरूलाई ‘नकारात्मक प्रचार’को रूपमा लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।