Logo

२०८३, श्रावण ३०गते


images
images

मदिरा सेवन गरि जीपभित्र सुतेका युवक  मृत भेटिए 

मदिरा सेवन गरि जीपभित्र सुतेका युवक  मृत भेटिए 

images
  • मदिरा सेवन गरि जीपभित्र सुतेका युवक  मृत भेटिए 
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङका एक जना पुरुष गाडीभित्र मृत भेटिएका छन् । मादक पदार्थ सेवन गरि पुतलीलेक मोडमा जीपभित्र सुतेका बझाङको बुंगल नगरपालिका-११ पुतलीलेका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन् ।

    images
    images
    images

    बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन् । बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिडेको र मृतक बोहराको घर नजिकै जीप रोकेर सुतेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    राति ९:३० बजे पुतलीलेक मोडमा पुगेपछि जीप रोकेर चालकपातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।