Logo

२०८३, मंसिर ८गते


images
images

दुर्घटना

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images
  • धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images

    धादिङ । धादिङको गल्छी गाउँपालिका-७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुणप्रसाद भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images

    दुर्घटनापछि प्रहरीले टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका-२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिपर
  • # धादिङ
  • # मृत्यु
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।