Logo

२०८३, मंसिर ११गते


images
images

समाचार

घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

images
  • घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर
    images

    काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने विषयमा चौधरीले सेवाग्राहीसँग कमिसन मागेका थिए । विभिन्न बहाना बनाएर दुःख दिएको र रकमका लागि मोलमोलाइ गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

    images
    images

    चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपेबाट एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम कैद र बिगोबराबर जरिवानाको सजाय माग गरेको छ ।

    images

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्दा दायर
  • # घुस
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।