Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने

images
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने
    images
    images

    पाेखरा । चिनियाँ सहयोगमा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने भएको छ। रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानको लागि हाल रुख कटानको काम भइरहेको र १५ दिनभित्रमा रुख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।

    images
    images
    images

    ६ सय रुखमध्ये ४ सय कटान भइसकेको र डाँडा कटानको लागि प्रक्रियामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनकर्मीले बताउनुभयो। 

    images
    images
    images

    दुई हेक्टरमा फैलिएको सो डाँडाको दुई थुम्का कटानको लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ भने कटानको लागि बजेटसमेत विनियोजन भएको छ।

    images
    images
    images

    डाँडा कटानको लागि तीव्र गतिमा काम अगाडि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गरेर नै कटानको काम अगाडि बढाउने गरी छलफल भइरहेको प्रमुख मुनकर्मीको भनाइ छ। उनले भने, “आगामी १५ दिनमा रुख कटानको काम पूरा हुन्छ। त्यसपछि डाँडा कटानको लागि प्रक्रिया सुरु हुन्छ। ४० मिटर डाँडा कटान गर्नुपर्ने देखिएको छ। सबै काम सकेर आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्यका साथ काम भइरहेको छ।”

    डाँडा कटानको काम पनि जारी राख्ने र प्राविधिक परीक्षणको प्रक्रिया पनि अगाडि बढाउने गरी काम गर्ने आयोजनाको तयारी रहेको मुनकर्मीको भनाइ छ। 

    विमानस्थलको रनवेबाट पूर्वपटि करिब २ किलोमिटरको दूरीमा रहेको सो डाँडा विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई मध्यनजर गरेर कटान गर्नुपरेको प्रमुख मुनकर्मीले बताए । 

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डलाई अनुसरण गर्दा बाधा परेकाले डाँडा कटान गर्नुपर्ने देखिएको थियो।

    समुन्द्र सतहबाट ८ सय ५० मिटर रहेको दुई डाँडामध्ये एक साढे १२ मिटर र अर्को ४० मिटर काट्नुपर्ने देखिएको थियो। करिब ४० मिटर उचाइ कटान गर्नु पर्नेछ भने प्रारम्भिक सर्भेअनुसार ३ लाख ७० हजार घनमिटर माटो कटान गर्नु पर्नेछ। आधुनिक मेसिन प्रयोग गरी डाँडा कटान गरिने आयोजनाले जनाएको छ। 

    दुई हेक्टरमा कहाँ कसरी कटानबाट निस्किएको माटो, ढुंगा व्यवस्थापन गर्ने भनेर स्थानीय तहसँग छलफल गरेर काम गर्ने योजना रहेको छ। माटो व्यवस्थापनको दूरीले लागत रकम कम वा बढी हुने निक्र्योल गरिने आयोजना प्रमुख मुनकर्मीको भनाइ छ।

    सन् २०२१ को जुलाई १० सम्ममा निर्माण पूरा गर्ने लक्ष्य आयोजनाको थियो। अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तिय प्रगति भएको छ। प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गाेलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ।

     गौरवको आयोजना पोखरा विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो। करिब २२ अर्ब लागतमा विमानस्थल निर्माण सम्पन्न हुन लागेको हो।
    यसबाट विमानस्थलको करिब २ किमि दुरीमा रहेको पोखराको स्यानिटरी ल्याण्डफिल्ड साइट हालसम्म पनि स्थानान्तरण गर्ने प्रक्रिया शुरु नभएकाले गर्दा सो क्षेत्रमा उडान तथा अवतरण गर्नमा समस्या हुने देखिएको छ। 

    सो क्षेत्रको साइट स्थानान्तरणको लागि पोखरा महानगरपालिकाबाट ठाउँ छनोट भए पनि ठोस रुपमा कार्य अगाडि नबढेको जनाइएको छ। यसका लागि संघीय सरकारले महानगरपालिकालाई आवश्यक समन्वय एवं निर्देशन दिनुपर्ने आयोजनाको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।