Logo

२०८३, श्रावण ३०गते


images
images

पाेखरामा ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९’ सुरु

पाेखरामा ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९’ सुरु

images
  • पाेखरामा ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९’ सुरु
    images
    images

    राजेश पराजुली, पोखरा पोखराको नयाँ बजारमा आजदेखि ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला- २०७९’ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेलामा समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको छ ।मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको आज गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका छन् ।

    images
    images
    images

    मेलाको उद्घाटन गर्दै मन्त्री थापाले निजी क्षेत्रको हकहितमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेको थापाले निजी क्षेत्रको समृद्धि बिना मुलुकको समृद्धि सम्भव नभएको बताए ।

    images
    images
    images

    संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइलगायतले सम्बोधन गरेका थिए । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई सम्वर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको महासचिव तथा प्रचार प्रसार संयोजक बलराम आचार्यले जानकारी दिए ।

    images
    images
    images

    ‘लगानीको सम्वर्द्धन : उद्योग ब्यवसायको प्रवर्द्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो । संघका महासचिव आचार्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, पोखराको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि, इ-सेवा गरिमा विकास बैंक लिमिटेड, बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह- प्रायोजन रहेको छ ।

    मेलालाई बाइबाई चाउचाउ, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल, प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार, गृहलक्ष्मी ग्यास कम्पनी, नेपाल टेलिकम, कोसेली तेल, युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (युआरएल), हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ, सफल दूध, उपकार ब्राण्ड, अर्ना बियरको प्रायोजन रहेको छ । महासचिव आचार्यका अनुसार मेलाको मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, टिकट प्रायोजकमा किङ क्वाइल, गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा, ब्रोसर प्रायोजकमा माछापुच्छ्रे बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक, मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल, हेल्थ पार्टनरमा मणिपाल अस्पताल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेका छन् ।

    मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहेका छन् । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।

    सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम पनि प्रदान गर्दैछ, भने ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमका साथै रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि समावेश गरिएको छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको छ । मेला अवधिभर यही प्रदर्शनी केन्द्रमा उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।