रमेश बहादुर सिंह, बझाङ ।बझाङका बिभिन्न स्थानीय तहहरुमा माेबाइल नेटवर्ककाे समस्याका कारण इमर्जेन्सी काममा पनि स्थानीय बासिन्दाले सञ्चार विहिन हुनु परेको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका बुंगल नगरपालिका र केदारस्युँ गाउँपालिकाका तलकोट गाउँपालिका का विभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्ककाे समस्या बेला बेलामा हुने गरेकाे स्थानीय बासिन्दाले बताएका छन् ।
पटक पटक नेटवर्क आउने जाने, नेटवर्कले राम्ररी काम नगर्ने र फोन गर्न डाँडाकाँडा धाउनुपर्ने झन्झटिलो बाध्यता रहेको तलकोट गाउँपालिकाका स्थानीय सुनिल सिहले बताएका छन् ।
"नेपाल टेलिकमले गाउँपालिकाका बिभिन्न ठाउँमा टावर ठड्याएकै छन तर नेटवर्कले काम गर्दैन" बित्थडचिरका स्थानीय रोसन बोहरा भन्छन् ।
बित्थडचिर गाउँपालिकाको धारि डाँडा र देउलेख डाँडामा तेस्तै बुंगल नगरपालिकाका जयनलि डाँडा, खिरातडि गाउँ, डिन्नु डाडा दह बगर डाँडा र केदारस्युँ गाउँपालिकाको केदार डाँडामा नेपाल टेलिकमका टावर रहेका छन् ।
डाँडामा टावरहरु भएको भएपनि अहिलेसम्म टावर रहेका डाँडासम्म विजुली पुर्याउने पहल नभएको र सोलारको भरमा नेर्टवर राम्रो काम नगर्ने भएको छ। यस बिषयमा कुनै निकायबाट पनि टावर भयको ठाँउसम्म विद्युत पुर्याउन पहल नभएको केदारस्युँ गाउँपालिका देउराका पवन बोहराको गुनासो छ ।
"घाम लाग्यो फोन गरिन्छ, बिहान बेलुका नेटवर्कले कामै गर्दैन हामीले सञ्चार विहिन हुनु परेको छ" उनले भने ।
यता बित्थडचिर गाउँपालिकाको देउलेख डाँडासम्म बिजुलीको खम्बा गाडिने कार्य सकिएर विजुली पुर्याउने पहल भैईरहेकाे र बित्थडचिर बासीको नेटवर्क समस्या समाधान गर्ने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष अम्मर सिंह महरले बताउँछन् ।
त्यसैगरी बुंगल नगरपालिकामा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीयले बताएका छन। बझाङ जिल्लाका बिभिन्न स्थानमा नेटवर्कले काम नगरेको कारण अब छिटै सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने सर्बसाधारणकाे भनाइ रहेको छ । सामान्य पानि आउने बित्तिकै टावर जाने र अत्यन्त जरुरी काम गर्नु परेको भयपनि पनि सञ्चार विहिन हुनु परेको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका बुंगल नगरपालिका र केदारस्युँ गाउँपालिकाका तलकोट गाउँपालिका काविभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्ककाे समस्या बेला बेलामा हुने गरेकाे स्थानीय बासिन्दाले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology