Logo

२०८३, श्रावण ३०गते


images
images

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

images
  • फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
    images
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।

    शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’

    अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए ।
    मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए । ‘हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौ‌ं’ मन्त्री श्रेष्ठले भने ।


    मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको र सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवनराम श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।