Logo

२०८३, श्रावण ३०गते


images
images

संस्कृतिमन्त्री जीवनराम श्रेष्ठद्वारा पशुपति मन्दिर क्षेत्रको अवलोकन

संस्कृतिमन्त्री जीवनराम श्रेष्ठद्वारा पशुपति मन्दिर क्षेत्रको अवलोकन

images
  • संस्कृतिमन्त्री जीवनराम श्रेष्ठद्वारा पशुपति मन्दिर क्षेत्रको अवलोकन
    images
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन गर्दै त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका छन् । 

    images
    images
    images

    मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गरेका थिए । 

    images
    images
    images

    सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए। उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन पनि निर्देशन दिए ।

    images
    images
    images

    मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालिन विश्वरूपा मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उनले जानकारी लिए । सांस्कृतिक एवं पुरातात्विक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने बताए ।
    मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए । 

    सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवनराम श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।