Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

चाइना र युकेपछि अब कोरोनाको तेस्रो अर्थात् इन्डियन भेरियन्ट !

चाइना र युकेपछि अब कोरोनाको तेस्रो अर्थात् इन्डियन भेरियन्ट !

images
  • चाइना र युकेपछि अब कोरोनाको तेस्रो अर्थात् इन्डियन भेरियन्ट !
    images
    images

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । विश्व स्वास्थ्य संघले भारतमा पाईएको उक्त भेरियन्टलाई कोरोनाको तेस्रो भेरियन्ट नै नभनेपनि यसलाई भारतमा पाइएको नयाँ भेरियन्ट भनेको छ ।

    images
    images
    images

    डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार भारतमा B.1.617 भेरियन्ट फैलिएको छ ।  यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ । मारियाकै अनुसार यो आधिकारिक रुपमा विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट हो । 

    images
    images
    images

    डब्ल्यूएचओले भनेको छ - " B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकी यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो ।" 
    भारतीय भेरियन्टका बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको पनि डब्ल्यूएचओले बताएको छ । (एजेेेन्सीको सहयोगमा )

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।