Logo

२०८३, श्रावण ३०गते


images
images

लागू औंषध सहित १ जना पक्राउ

लागू औंषध सहित १ जना पक्राउ

images
  • लागू औंषध सहित १ जना पक्राउ
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषध चरेश सहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ बस्ने ४३ वर्षीया विरेन्द्र बहादुर खडायत रहेका छन् । अस्थायी प्रहरी पोष्ट बागथलामा खटिएको नियमित चेकिङ टोलीले बुधबार दिउसो उनलाई पक्राउ गरेको थियो ।

    images
    images
    images

    बझाङको सदरमुकाम चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । 

    images
    images
    images

    प्रहरीले खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।