Logo

२०८३, आश्विन ११गते


images
images

रुरुधामकाे प्रचारप्रसार नभएकाेमा चिन्ता 

रुरुधामकाे प्रचारप्रसार नभएकाेमा चिन्ता 

images
  • सेतोमसी सहकर्मी
  • रुरुधामकाे प्रचारप्रसार नभएकाेमा चिन्ता 
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  रुरुधामकी तुलसी गुरुङ विगत सम्झेर एक पटक टाेलाईन् । उनकाे आँखामा आफ्नो गाउँ कुर्घा छाडेर हिँड्दाकाे सम्झना झल्झल्ति आयाे ।

    images
    images
    images

    आमा माया गुरुङले आफुलाई डाेकामा बाेकेर ल्याएकाे रिडीबजारकाे बगरमा डाँठले बारेकाे झुपडी पाँचसयमा किनेर हाेटल व्यवसाय शुरु गरेकाे यहि विगत हाे रिडीबजारकी डायनामिक महिला तुम्सी गुरुङकाे ।

    images
    images
    images

    करिब पचपन्न वर्ष वितेछ रिडी झरेकाे र याे पचपन्न वर्षका अघिल्ला दिनहरुकाे सँघर्षले पछिल्लो चरण वैभवताकाे जीवन बिताउँदै छन तुल्मी गुरुङ र क्याप्टेन सुरज गुरुङकाे जाेडिले ।

    images
    images
    images

    रिडी बसपार्क पुग्ने बित्तिकै ताेफा हाेटलमा हँसिला याे जाेडिलाई भेट्न सकिन्छ ।

    हाेटल व्यवसाय त पुरानाे पेशा भईहाल्याे तर रिडीबजारका विकास र सामाजिक क्षेत्रमा याे जाेडिकाे नाम अव्वल छ ।
    भारतिय गाेर्खा सैनिककाे 5GR काे सुवेदार मेजर हुँदै हनेररी क्याप्टेनबाट अवकास पाएपछि सुरज गुरुङ करिब १४ वर्ष अगाडी रिडीबजार फर्केर सामाजिक विकासमा तुलसी गुरुङसँग काँधमाकाँध मिलाएर अगाडि बढेका छन । त्यसाे त याे जाेडिकाे विवाह विक्रम सम्वत २०३६ सालमा भएकाे थियाे । विवाह भईसकेपछि उनी फाैजिमा जागिरे जीवन र तुल्सी गुरुङले रिडीबजारमा सामाजिक सेवा याे निरन्तर चल्याे ।

    जागिरे जीवनमा छुट्टी आउँदा आफ्नी धर्मपत्नि तुलसी गुरुङलाई सामाजिक सेवामा लाग्न अभिप्रेरित गरेका सुरज गुरुङकै अभिप्रेरणाबाट  रिडी बजारकाे पुरानाे सप्तचण्डी महिला समाज बन्याे र अहिलेसम्म कृयाशिल छ ।

    "मैले छुट्टिमा आएकाे बेला याे आमा समूहले नाम राखिदिएकाे हुँ र मेरै सहयाेगले याे आमा समुहकाे स्थापना भएकाे हाे" क्याप्टेन सुरज गुरुङले भने ।

    पछि पेन्सन भएर आएपछि क्याप्टेन सुरज गुरुङ रिडीबजारकाे समग्र विकासका पर्यायवाची बने । शुरुमा रिडीबजारकाे वसपार्क क्षेत्रका वासिन्दाहरुले रिडीखाेलाकाे तिरमा काेरण्डाे बनाएर खानेपानीकाे रुपमा प्रयाेग गरेकाे र यसले राेगव्यधि बढाएपछि सुरज गुरुङकाे मन पाेल्याे ।

    पिउने पानीकाे सोही समस्या आफु फर्केपछि भारतिय भुतपुर्व सैनिक सँघकाे पहलमा पहिलो पटक रिडीकाे बगैँचा वसपार्क क्षेत्रका वासिन्दाका लागि पिउने पानीकाे व्यवस्था गरेकाे क्याप्टेन सुरज गुरुङले बताए । रिडीबजारकाे बगैँचा र बसपार्क क्षेत्रमा अहिले पनि सबैभन्दा स्वच्छ पिउने पानीकाे रुपमा सुनपानीकाे नामले यहि खानेपानीकाे प्रयाेग हुन्छ ।

    भारतिय सैनिककाे जागिरे जीवन विताएका क्याप्टेन सुरज गुरुङले पहिलो पटक रिडीबजारमा ब्याडमिन्टन खेल भित्र्याएका हुन र अहिले रिडीबजारमा केही व्यवसायीक व्याडमिन्टन खेलाडि उत्पादन भएका छन र जीउ बनाउन बिहानै रिडीबजारकाे कभर्डहलमा र व्याडमिन्टन का र्याकेट र कर्क बाेकेर जाने हरुकाे लार्काे पनि उनकै याेगदान हाे ।

    रिडीक्षेत्रका खेलकाे विकासमा महत्त्वपूर्ण याेगदान दिने सप्तचण्डी महिला समाजले घाँसकाे झाडि फालेर बाँसले बारेर बनाएकाे रुरुखेल मैदान यतिबेला रुरुक्षेत्रकाे शानकाे रुपमा रहेकाे छ, जहाँ तुल्सी गुरुङकै नेतृत्वमा हत्केलाका खाला फालेर बनाईएकाे हाे ।

    सामाजिक सचेतना सँगै राजनीतिक प्रति चासाे राख्ने याे दम्पती नेपाली काँग्रेसमा कृयाशिल मात्र छैनन कि तुल्सी गुरुङ त २०७४  र त्यसअघिकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसवाट वडा सदस्यमा उम्मेदवार बनिसकेकी छन भने क्याप्टेन सुरज गुरुङ नेपाली काँग्रेस रुरुक्षेत्र वडा न १ कार्यसमितिका उपाध्यक्ष समेत हुन ।

    पार्टीमा लागेपनि पटक्कै राजनैतिक आग्रह पुर्वाग्रह याे दम्पतीमा देखिँदैन । रिडीबजार मा आफ्नै पौरखले ठड्याएका दुईवटा भव्य घर भएका उनिहरुका दुई छाेरा अष्ट्रेलिया र छाेरी बेल्जियम छन । मात्र तुलसी र सुरज गुरुँग रिडीमा बस्छन ।

    "रिडी छाडेर कहिँ जान मन लाग्दैन । दुईचार महिनालाई गएपनि म त आत्तिएर आयाे" तुलसी गुरुङले भनिन ।

    "छाेरा छाेरीले कतिपटक भिसा पठाए । त्यता नबस यतै बस्न आउ भन्छन खै किन हाे पटक्कै रिडीबजार छाड्न मन लाग्दैन" क्याप्टेन सुरज गुरुङ भन्छन ।

    वसपार्कमै हाेटल र घर भएकाले गुल्मी आउने नेपाली काँग्रेसका नेताहरु यहाँ नपसी काेहि जाँदैन ।
    काँग्रेस नेताहरु गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ लगायत दर्जनौं केन्द्रीय नेता, प्रदेश र जिल्ला स्तरिय नेताहरु आउँदा पस्ने भेटघाट गर्ने एउटा चिन्तनकाे चौतारीनै क्याप्टेन सुरज गुरुङ र तुलसी गुरुङकाे ताेफा हाेटल हाे भन्दा फरक पर्दैन ।

    रिडीप्रति अगाध माया भएका याे जाेडिलाई रुरुधामकाे प्रचारप्रसार नभएकोमा ठुलाे चिन्ता छ र अर्काे चिन्ता रिडीखाेलाले बगैँचा क्षेत्रबाट बजारलाई क्षति पुर्याउने हाे कि भन्ने पिरलाे छ । अहिले बन्दै गरेकाे तटबन्ध भट्कुवाकाे ठाडाे  खाेलाबाट बनाईदिए रिडीबजार सुरक्षित हुने थियाे उनीहरुकाे माग छ ।

    आफू बसेकाे गाउँ छाडेर सुखकाे खाेजिमा  शहर तिर वसाई सर्नेहरुका लागि क्याप्टेन सुरज गुरुङ र तुलसी गुरुङ एउटा ठुलै पाठ बन्न सक्छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।