Logo

२०८३, श्रावण ३०गते


images
images

तिलोत्तमाको रेडक्रस टोलिद्वारा केरवानी माविमा जुरेसका गतिविधिको अवलोकन

तिलोत्तमाको रेडक्रस टोलिद्वारा केरवानी माविमा जुरेसका गतिविधिको अवलोकन

images
  • तिलोत्तमाको रेडक्रस टोलिद्वारा केरवानी माविमा जुरेसका गतिविधिको अवलोकन
    images
    images

    देवदह । तिलोत्तमा नगरपालिकास्थित रेडक्रसका विभिन्न शाखाका प्रतिनिधिले देवदहको केरवानी माध्यमिक विद्यालयमा हुने जुनियर रेडक्रस सर्कलको गतिविधि अध्ययन गरेका छन् । मंगलबार भएको अवलोकनका क्रममा विद्यालयका प्रतिनिधिहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

    images
    images
    images

    यस क्षेत्रकै उत्कृष्ट ठहरिएको केरवानी माध्यमिक विद्यालयमा हुने जुनियर रेडक्रस सर्कलका गतिविधिहरू समेत जिल्लामै उत्कृष्ट हुने गरेका छन् । सो क्रियाकलापको अध्ययनका लागि तिलोत्तमाको टोली देवदह आईपुगेको हो । 

    images
    images
    images

    अध्ययन एवं अनुभव आदानप्रदानमा तिलोत्तमा नगरपालिका अन्तरगतका शिक्षक नायक, मणिग्राम रेडक्रस उपशाखा प्रमुख पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, केरवानी माविका संस्थापक शिक्षक नायक तुल्सिराम शर्मा, देवदहमा रेडक्रसका कृष्ण न्यौपाने, सरोज न्यौपाने, हरि प्रसाद ढुंगाना, बिद्यालयका सहायक प्राचार्यहरु निर्मल ढुंगाना, हरि प्रसाद पाण्डे भुतपुर्व जुरेस अध्यक्षहरू बबिता भट्टराई, राहुल देव सापकोटा सहितको उपस्तिथितिमा जुरेस उत्कृष्टताका आधारहरु, मुल्यांकनका आधार, जुरेसले संचालन गरेका अतिरिक्त क्रियाकलाप, मानविय सेवाका क्रियाकलाप, नेतृत्व विकासका कार्यक्रम लगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।