Logo

२०८३, श्रावण ३०गते


images
images

एकै घरका तिन जनाको मृत्यु यसरी भएको थियो

एकै घरका तिन जनाको मृत्यु यसरी भएको थियो

images
  • एकै घरका तिन जनाको मृत्यु यसरी भएको थियो
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । सुरुमा पुष्कर र गीताबीचको सम्बन्ध एकदमै राम्रो थियो। त्यसपछि उनका दुई छोराछोरी भए। पुष्करले भारतमा मजदुरी गर्दै आएका बेला श्रीमतीले घरमा छोराछोरीको पालनपोषण गर्थिन्। घरबार राम्रै चलेको थियो। तर, गत वर्ष (२०७८) साउन १९ मा पुष्कर घरमा नभएका बेला गीता जबर्जस्ती करणीको सिकार बनिन्। पुष्करका दाई गणेश पार्कीका अनुसार त्यो बेला गीताले गाउँकै स्थानीय झलक नेपालीले राति मदिराको तालमा घरमै घुसेर आफूमाथि अपराध गरेको बताएकी थिइन्। 

    images
    images
    images

    त्यसपछि झलक नेपालीलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका थिए। अहिले उनी पुर्पक्षका लागि बझाङ कारागारमा छन्।

    images
    images
    images

    श्रीमानको शंकालु नजर
    बलात्कारको घटना भएपछि पुष्कर र गीताको सम्बन्धमा दरार आएको गीताका निकटस्थहरु बताउँछन्। ‘जबर्जस्ती करणीको घटनाले गीता तनावमा थिइन्,’ उनका एक छिमेकीले भने, ‘सुरुमा मिलिजुली बसिरहेको परिवारमा एकाएक त्यो घटनाले संकट ल्यायो। पुष्करले पनि गीताको चरित्रमाथि माथि औंला उठाएर आरोप लगाउन थाले। यही विषयलाई लिएर बेलाबेलामा उनीहरुबीच झगडा पनि हुन्थ्यो।’ 

    images
    images
    images

    तैपनि गीताले छोराछोरी हुर्काइरहेकी थिइन्। तर, एक हप्ताअघि पिथौरागढबाट पुष्करले गीतालाई फोन गरे। फोन गर्दा मोबाइल व्यस्त भएपछि पुष्कर श्रीमतीसँग झर्किए। यस विषयमा पुष्करले आफूले फोनमा बालबच्चा र घरको कामधन्दामा ध्यान दिन भनेको प्रहरीसमक्ष जिकिर गरेका छन्। 

    ‘त्यसपछि पुष्कर गत मंगलबार घर फर्किएका थिए,’ प्रहरीले स्रोतले भन्यो, ‘पुष्कर आउँदा बाटोमा मदिरा पनि सेवन गरेर राति ढिलोगरि घर पुगेका रहेछन्। उनी घर पुगेपछि पनि गीतासँग चर्काचर्की नै परेको रहेछ।’ 
    पुष्करले चरित्रमाथि प्रश्न उठाएपछि विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

    विवाद भएपछि आफू खाना खाएर सुतेको र बिहान घरमा छोराछोरी र श्रीमती नदेखेपछि खोज्दै जाँदा सबै मृत फेला पारेको पुष्करले प्रहरीलाई बयान दिएका छन्। राति श्रीमतीसँग झगडा भएपछि खाना खाएर सुतेको बताएका पुष्करले बिहान मात्रै श्रीमती र छोराछोरी घरबाट निस्केको थाहा पाएको दाबी गरेका छन्। 

    प्रहरी अनुसन्धान जारी 

    प्रहरीले विहीबार मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको जनाएको छ।

    ‘शव पोस्टमार्टमका लागि ल्याएका छौ,’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थी भने, ‘मृत्युको कारण पोस्टमार्टमको रिपोर्टपछि खुल्छ। तर, घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको जस्तो देखिएको छ। शरीरमा देखिने कुनै घाउचोट छैन। तर, पनि अनुसन्धान भइरहेको छ।’ उक्त घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।