काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ। बैठकको समय बिहान ८ बजे तोकिएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूणर्ता दिनेबारे छलफल हुने बताइएको छ ।
बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भनिएको छ । माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको विषयलाई पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology