Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

ब्यक्ति वा संस्थाले अक्सिजन राखेको पाइए कारवाही गरिने जिल्ला प्रशासन रुपन्देहीको चेतावनीकारवाही

ब्यक्ति वा संस्थाले अक्सिजन राखेको पाइए कारवाही गरिने जिल्ला प्रशासन रुपन्देहीको चेतावनीकारवाही

images
  • ब्यक्ति वा संस्थाले अक्सिजन राखेको पाइए कारवाही गरिने जिल्ला प्रशासन रुपन्देहीको चेतावनीकारवाही
    images
    images

    रुपन्देही । कोभिड-१९ को नयाँ भेरियन्टबाट उत्पन्न महामारीको विषम परिस्थितिका कारण अस्पतालहरुमा संक्रमितको चाप अत्यधिक बढेकोले ब्यक्ति वा संस्थाले अक्सिजन नराख्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

    images
    images
    images

    प्रशासकीय अधिकृतद्वारा जारी गरिएको सूचनामा भनिएको छ - "एकातिर अस्पतालमा विरामीको उपचारमा अक्सिजनको अभाव भएको छ भने अर्कोतिर यस महामारीको डर र त्रासका कारण ब्यक्ति तथा संस्थाले अक्सिजन सिलिन्डर घर घरमा लगि रिजर्भ राखेको भन्ने सूचना यस कार्यालयलाई प्राप्त हुन आएको छ ।"

    images
    images
    images

    महामारीको विषम घडीमा हामी सबै एकजुट भै सामना गर्नु प्रत्यक नागरिकको कर्तव्य र दायित्व हो भन्दै पछिका लागि साँचेर मलाई पछि चाहिन्छ भनेर आफ्नो घरमा, संस्थामा होल्ड गरेर राखेका सम्पूर्ण अक्सिजन सिलिन्डरहरुको विवरण नजिक रहेको सुरक्षा निकायमा यथाशिघ्र जानकारी गराउन अनुरोध समेत गरिएको छ ।

    images
    images
    images

    मानवीय क्षति रोक्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैको जानकारीका लागि सुचना जारी गरिएको बताउँदै सूचनाको अवज्ञा गरी विना जानकारी व्यक्ति/संस्थाले अक्सिजन राखेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।