सुरेश यादव,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी टंकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन् ।
रामग्राम नगरपालिका वडा नं ४,७ र ९ भित्र पर्ने बैरिहवा, सुर्यपुरा, केरवानी, चितपुर, बुद्धटाेल, चन्द्रागढि साथै वडा नं ७ मा पर्ने उजैनी र सन्तपुरमा खानेपानी पुर्याउने उदेश्यले बनाईएकाे पानी टंकी १० वर्ष भन्दा बढी भई सकेता पनि हाल सम्म पनि खानेपानी संचालनमा आएको छैन ।
रामग्राम नगरपालिका का विभिन्न वडामा खानेपानीको टंकी तयार भएको धेरै भएतापनि हाल सम्म प्रयोगमा नआएको र जनप्रतीनिधिहरुले प्रत्येक वर्ष सरकारी बजेट बिनियोजन गरी आआफ्ना प्रियहरुलाई मात्र गुपचुपमा ब्यक्तिगतरुपमा १ सय ५० मिटरको चापाकल दिएको स्थानियहरुको भनाइ छ ।समिती संग खाने पानी सप्लाई बारे सोधपुछ गर्दा विभिन्न बहाना बनाई आलटाल गरेको स्थानियहरुले बताउछन् ।
सदरमुकाम परासीमा धेरै पहिला देखि खानेपानी संचालनमा रहेको तर उक्त पालीका भित्र पर्ने वडा नं ४काे वडा कार्यालय नजिकै रहेको खानेपानी टंकी र भवन निर्माण भएको १० वर्ष भन्दा बढी भई सक्दा उक्त भवन खाली रहेकाले त्यस भवनमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन भईरहेकाे स्थानियहरु बताउछन । यातायात व्यवस्था सेवा कार्यालयकाे लुम्बिनी प्रदेशका यातायात तथा श्रम राेजगार मन्त्री पुर्न वर्तिदढेंगा मगरद्वारा २०७८ साल फाल्गुन ०१ गते उद्घाटन गरि २०७९ साल जेठ ३० गतेबाट कार्यालय सञ्चालनमा आएकाे हो । उक्त खानेपानी वितरण गर्नको लागि समितीले पाईप लाईन बिस्तार गरिसकेकाे खानेपानीका अध्यक्ष रामकुण्डल यादवले जानकारी दिएका छन ।
यहाँका जनताहरु शुद्ध खानेपानी खान नपाएर विभिन्न रोगका सिकार भईरहेका छन् तर पनि स्थानिय सरकार, प्रदेश सरकार लागयतका सम्बन्धित निकायहरु मौन रहेको स्थानियले गुनासो गरेका हुन ।
विभिन्न टाेलमा पाईप लाईन बिस्तार गर्दा स्थानीयले अवरुद्ध गरिरहेकाे खानेपानीका अध्यक्ष यादवले बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology