राजेश पराजुली ,पाेखरा । पोखरा महानगर पालिका वडा नम्बर २७ मा नक्कली बम भेटिएको छ । लेखनाथस्थित सुन्दरी बजार नजिकै राजमार्गमा उक्त बस्तु भेटिएका हो । बम जस्तो दखिने तर बमको मेकानिज नभएको नक्कली बम फेला परेको प्रहरीले बताएको छ । कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार तर्साउनका लागि नक्कली बम राखिएको हो । उक्त बस्तुलाई सेनाले व्यवस्थापन गरेको छ । नक्कली बमले केही बेर त्यस क्षेत्रमा सर्वसाधारणलाई त्रसित बनाएको थियो ।
तीन जना नियन्त्रणमा
प्रहरीले शंकास्पद गतिविधिमा सम्लग्न रहेको आरोपमा आज ३ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । उनीहरुले बन्दको पक्षमा गतिविधि गरेको आरोप प्रहरीको छ ।
सरकारले ‘राष्ट्रघाती’ अमेरिकी सहयोग एमसिसी संसदबाट पारित गरेको विरोध लगायतका माग राखेर ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानै देखि पोखरामा परेको छ । बन्दका कारण सडकमा निजी सवारी साधन पातलो मात्रा चलेका छन् भने सार्वजनिक सवारी सधान चलेका छैनन् । पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, बगर, विरौटा लगायतका ठाउँका पसल बन्द नै रहेका छन । भित्री सडकमा रहेका पसल आशिंक मात्र खुलेका छन् । सवारी साधन नचल्दा सर्वसारधणले सास्ती पाएका छन् । बन्दको असर देश भरी नै परेको छ भने केही ठाउँमा बन्द कर्ताले सवारी साधनमा आगजनी समेत गरेका छन् । पोखराका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख अजय केसीका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।
सरकाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन्। सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन् । देशका सबै जसो ठाउँमा बन्दको प्रभाव परेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology